मलेसिया जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५३ हजार

हिमाल प्रेस ४ कार्तिक २०८१ १०:३२
48
SHARES
मलेसिया जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५३ हजार

काठमाडौँ- मलेसिया रोजगारीका लागि जाने विदेशी कामदारको न्यूनतम पारिश्रमिकमा दुई सय रिंगेट बढ्ने भएको छ। मलेसिया जाने विदेशी कामदारले हाल न्यूनतम मासिक पारिश्रमिक १ हजार ५ सय रिंगेट थियो। आगामी फ्रेब्रुअरीदेखि मलेसियाले विदेशी कामदारको तलब २ सय रिंगेट थप गरी १ हजार ७ सय रिंगेट पुर्‍याउने भएको हो।

मलेसियाका प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर बिन इब्राहिमले अक्टोबर १८ शुक्रबार मलेसियाको संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै निकायसँगको सहमतिमा तलब वृद्धिको निर्णय भएको जानकारी गराएको छन्।

तलब वृद्धिको निर्णयप्रति मलेसियामा काम गर्ने स्थानीयदेखि विदेशी सबै कामदारले सकारात्मक प्रतिक्रिया दिएका छन् भने मलेसियाली प्रधानमन्त्री तथा अर्थमन्त्री इब्राहिमले कामदारको आर्थिक स्थिति सुधार्न आफू र आफ्नो सरकार सदैव रहेको समेत उनले बताए।

वृद्धि भएको नयाँ न्यूनतम पारिश्रमिकको निर्णय आउँदो वर्ष सन् २०२५ फ्रेबुअरीले लागू हुने छ। पाँच जनाभन्दा कम कामदार रहेका साना रोजगारदाताले भने आगामी बर्ष अगष्टदेखि मात्रै नयाँ तलब लागू गर्न पाउने बताइएको छ।

तलब वृद्धिपछि मलेसिया रोजगारीमा जाने नेपाली कामदारको मासिक न्यूनतम ५३ हजार ४३ रूपैयाँ पाउने म्यानपावर व्यवसायीले जनाएको छ। हाल नेपालीले ४६ हजार ८ सय पाउँदै आएका छन्।
मलेसियामा सेष्टेम्बरको अन्तिमसम्म चार लाख ५० हजारभन्दा बढी कार्यरत रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। मलेसियाबाट नेपाल प्रतिमहिना २ अर्ब ५० करोड रेमिट्यान्स भित्रिने गरेको छ।

प्रकाशित: ४ कार्तिक २०८१ १०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =