यी पदमा जागिर खुल्यो

हिमाल प्रेस १ कार्तिक २०८१ ११:००
16
SHARES
यी पदमा जागिर खुल्यो

काठमाडौँ- लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पद गरी ६६० जनाको दरखास्त खुला गरेको छ।

आयोगले सार्वजनिक सूचनामार्फत उपसचिव ५१०, सहसचिव १५० पदको विज्ञापनका लागि दरखास्त खुला गरेको हो। आयोगले निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखा परीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा र विविध सेवामा आवदेन माग गरेको छ।

निजामती सेवाका सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार र स्वास्थ्य सेवातर्फ सहसचिव तथा उपसचिवस्तरका पदमा दरखास्त खुला गरेको आयोगले जनाएको छ।

निजामती सेवाका प्राविधिक तथा अप्राविधिक सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्यसेवा तर्फ सहसचिव तथा उपसचिवसहित सो श्रेणीका कर्मचारी छनोटका लागि आवेदन मागको हो।

ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवाका लागि निजामती सेवामा अप्राविधिक एवं प्राविधिकतर्फ राजपत्राङ्कित प्रथम श्रेणीमा र द्वितीय श्रेणीअर्थात् सहसचिव र उपसचिव तथा मानव अधिकार सेवाका अधिकृत प्रथम श्रेणीअर्थात् सहसचिव श्रेणीका पदका लागि विज्ञापन खुला गरेको छ।

प्रशासन सेवामा १९, परराष्ट्र सेवाका लागि ५ र लेखा परीक्षण (नायब महालेखापरीक्षक) पदका लागि २ गरेर अप्राविधिकतर्फ २६ पदका लागि विज्ञापन खुलाइएको छ। प्राविधिकतर्फ विभिन्न उपसमूहतर्फ गरेर २२ पदका लागि सहसचिवतर्फ नै विज्ञापन खुला भएको छ।

विस्तृतमा हेर्नुहोस्

प्रकाशित: १ कार्तिक २०८१ ११:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 18 =