बढ्यो पेट्रोलको मूल्य

हिमाल प्रेस २९ असोज २०८१ २१:१५
30
SHARES
बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रूपैयाँ तथा मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर चार रूपैयाँले बढाएको छ।

मूल्य वृद्धि भएसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भवलारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर रू. १५६.६० र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४८.५० रूपैयाँ कायम भएको छ।

त्यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर रू.१५० कायम भएको छ।

तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रू.१५९ र डिजेल तथा मट्टीतेलको मूल्य रू.१५१ कायम भएको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार प्राप्त भएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

 

 

प्रकाशित: २९ असोज २०८१ २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =