मिडियाको कीर्ते कागजात बनाउनेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस

हिमाल प्रेस १८ असोज २०८१ २१:२७
10
SHARES
मिडियाको कीर्ते कागजात बनाउनेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस

काठमाडौँ- कीर्ते कागजात बनाई सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेहरूलाई कारबाही गर्न प्रेस काउन्सिल नेपालले सिफारिस गरेको छ।

प्रेस काउन्सिलले दृष्टि मिडिया प्रालिद्वारा सञ्चालित दृष्टिन्यूज डटकमको नाममा परिचयपत्र, कार्यअनुभवपत्र लगायतका नक्कली कागजपत्र बनाई कीर्ते गर्नेहरूलाई कारबाही गर्न सिफारिस गरेको हो।

विभिन्न नक्कली कागजात बनाई अस्ट्रेलियाका लागि भिसा आवेदन गरेको विषय भारतको नयाँदिल्लीस्थित अस्ट्रेलियन दूतावासले जानकारी उल्लेख गर्दै दोषीउपर कारबाही गर्न नेपाल प्रहरी, उपत्यका प्रहरी कार्यालय काठमाडौँमा पत्राचार गरिएको प्रेस काउन्सिलद्वारा आज (शुक्रबार) जारी विज्ञप्तिमा जनाएको छ।

त्यसै गरी दि हिमालयन टाइम्स दैनिक र यसको अनलाइनपोर्टलबाट इलाइट हिमालयन एडभेन्वर्स प्रालि र निर्मल पूर्जाको नामसँग जोडेर विभिन्न मितिमा पटकपटक एकपक्षीय सामग्री सम्प्रेषण गरेको भनी दर्ता भएको उजुरीको अध्ययन गर्न काउन्सिलका सदस्य ठाकुरप्रसाद बेलबासेको संयोजकत्वमा तीन सदस्यीय कार्यदलसमेत गठन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: १८ असोज २०८१ २१:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast