साहरा सहकारी ठगी प्रकरण : जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा

हिमाल प्रेस ९ असोज २०८१ १६:१६
14
SHARES
साहरा सहकारी ठगी प्रकरण : जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा जीबी राई

काठमाडौँ- चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा संलग्न भएको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जितेन्द्रबाबुर (जीबी) राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

उनीहरुविरुद्ध सहकारी ठगी कसुरमा जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको हो। जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलका अनुसार यो सहकारीका अध्यक्ष जीबी राई थिए। उनी अहिले फरार छन्।

उनीसहित सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरको संलग्नमा सहकारीको रकम अपचलन गरिएको अभियोगपत्रमा दाबी गरिएको छ।

जीबी राई समूहले ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन गरेको दाबी गर्दै सोही बराबर बिगो, जरिवाना र कैद सजाय अभियोगपत्रमा माग गरिएको छ।

प्रकाशित: ९ असोज २०८१ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =