राहदानी विभागले भन्यो : जीबी राईको राहदानी रद्द गर्न मिल्दैन

हिमाल प्रेस ११ जेठ २०८१ १५:२२
26
SHARES
राहदानी विभागले भन्यो : जीबी राईको राहदानी रद्द गर्न मिल्दैन जीबी राई

काठमाडौँ- सहकारीका बचतकर्ताको रकम ठगेर फरार गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द नहुने भएको छ। काठमाडौँको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिमलगायतका सहकारीका बचतकर्ताको रकम हिनामिना गरी फरार भएका ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई मलेसियामा रहेको प्रहरीको अनुमान छ।

नेपाल ल्याउने प्रयास स्वरुप कास्की प्रहरीले राईको राहदानी रद्द गर्न भन्दै राहदानी विभागलाई पत्र लेखेको थियो। तर, विभागले उनको राहदानी रद्द गर्नुपर्ने आधार नदेखिएको जवाफ पठाएको छ।

पासपोर्ट रद्द गर्ने कि नगर्ने भन्नेबारे कानुनी परामर्शपछि अहिलेकै अवस्थामा जीबीको पासपोर्ट रद्द गर्न नसकिने राहदानी विभागका निर्देशक एवं प्रवक्ता रमेश कुमार चर्मकारले जानकारी दिए ।

‘राहदानी ऐन, २०७६ अनुसार पासपोर्ट रद्द गर्न अदालतको आदेशबाहेक अन्य अवस्थामा गर्न मिल्ने नदेखिँदा अहिलेकै अवस्थामा रद्द गर्न मिलेन’ उनले भने।

राहदानी रद्द नहुने भएपछि उनलाई मलेसियाबाट नेपाल ल्याउन कठिनाइ हुने देखिएको छ। राईका पूर्व व्यावसायिक साझेदार रवि लामिछाने अहिले उपप्रधानमन्त्री तथा गृहमन्त्री छन्। लामिछाने पनि राईसँगै सहकारी ठगीमा मुछिएका छन्।

प्रकाशित: ११ जेठ २०८१ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =