धनराज गुरुङले भने : सहकारी ठगीको आरोपबारे ममाथि संसदीय छानबिन गरियोस्

हिमाल प्रेस २५ भदौ २०८१ १४:४८ | Tuesday, September 10, 2024
धनराज गुरुङले भने : सहकारी ठगीको आरोपबारे ममाथि संसदीय छानबिन गरियोस् धनराज गुरुङ

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि लागेका आरोपका विषयमा संसदीय छानबिन गर्न माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उपसभापति गुरुङले आफूले निष्ठा र नैतिकताको राजनीतिक गर्ने भएकाले सहकारी ठगीको आरोपबारे छानबिन गर्न सभामुख र गृहमन्त्रीलाई आग्रह गरेका हुन्।

मितेरी सहकारीको रकम हिनामिनाको विषयमा पूर्वश्रीमती ज्योती गुरुङसँग आफ्नो नाम जोडिएको प्रति ध्यानाकर्षण भएको उनले बताए। उपसभापति गुरुङले व्यापार व्यवसायमा श्रीमान्‌-श्रीमतीमा एउटा जोडिँदा अर्कोलाई जोडेर हेरिने सामान्य रहेको उनले बताए।

‘पूर्वश्रीमतीलाई जोड्न व्यवहारिक कानुनी र नैतिक दृष्टिले मिल्दैन भन्ने हेक्का राखिनुपर्छ। विवाह गर्नु अपराध होइन। मिल्न नसक्दा डिभोर्स गर्नु पनि अपराध होइन,’ उनले भने।

नेल्सन मण्डेलाको श्रीमतीसँग सम्बन्ध विच्छेद भएको र बिनी मण्डेलाका मुद्दाहरू आए पनि नेल्सन मण्डेलामाथि प्रश्न नआएको उनले बताए। उनले सहकारीको प्रबन्ध निर्देशक ज्योतीसँग २९ फागुन २०७६ मा गरेको सम्बन्ध विच्छेद नक्कर्ली प्रमाणित गर्न पनि चुनौती दिए। उनले आफू प्रमाण लुकाउने जिम्मेवार पदमा (गृहमन्त्री) नरहेको र संसदीय छानबिन गर्नुपर्छ भने पनि तयार रहेको बताए।

प्रकाशित: २५ भदौ २०८१ १४:४८ | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast