खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी हो : शेरबहादुर देउवा

हिमाल प्रेस २३ भदौ २०८१ १७:०५
8
SHARES
खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी हो : शेरबहादुर देउवा शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालयमा पारालम्पिकमाकांस्य पदक विजेता पलेशागोवर्धनलाई सम्मान गर्दै देउवाले खेलाडीहरू राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीहरूको सम्मान गर्न सक्नुपर्ने बताए।

उनले नेपाली कांग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको पनि बताए। सभापति देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कांस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै पलेशाको प्रशंसा गरे।

‘पलेशागोवर्धनजी जो हुनुहुन्छ, उहाँले अत्यन्तै नेपाललाई कांस्य पदक जिताउनुभयो। जिताउन सफल हुनुभएकोमा सबै नेपालीहरूको तर्फबाट, हाम्रो पार्टीको तर्फबाट हार्दिक बधाई। भोलिका दिनमा अझ बढी पदक प्राप्त गर्ने सफलता मिलोस्,’ देउवाले भने।

कांग्रेसले सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख ५० हजार र कांस्य पदक विजेता खेलाडी पलेशालाई पाँच लाख नगदसहित सम्मान प्रदान गरेको छ।

पाँच लाख रुपैयाँसहित पलेशा गोवर्द्धनलाई कांग्रेसको सम्मान

प्रकाशित: २३ भदौ २०८१ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eleven =