धनगढीको नेतुवा तालमा डुबेर युवकको निधन

हिमाल प्रेस २२ भदौ २०८१ १५:१४
10
SHARES
धनगढीको नेतुवा तालमा डुबेर युवकको निधन प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- कैलालीको धनगढीमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका ८ श्रीपुर बस्ने ३० वर्षीय कमल चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराका अनुसार धनगढी उपमहानगरपलिका ३ विशालनगरस्थित नेतुवा तालमा डुबेर उनको मृत्यु भएको हो। मृतकको मानसिक अवस्था कमजोर भएको खुल्न आएको डीएसपी बोहराले बताए।

तालमा डुबेको खबर स्थानीयले गरेपछि पहरी तीनवटा प्रहरी टोली खटाइएको थियो। तालबाट मृतकको शव निकालिएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी निरीक्षक दीपकबहादुर धामीको कमाण्डमा प्रहरी टोली खटाइएको छ।

प्रकाशित: २२ भदौ २०८१ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =