अनावश्यक रिफर गर्ने स्वास्थ्य संस्थाको बिमाको शोधभर्ना नहुने

हिमाल प्रेस २१ भदौ २०८१ १२:५८
20
SHARES
अनावश्यक रिफर गर्ने स्वास्थ्य संस्थाको बिमाको शोधभर्ना नहुने

काठमाडौँ- स्वास्थ्य बिमा कोर्डले अनावश्यक रिफर गर्ने अस्पताल तथा स्वास्थ्य संस्थाको शोधभर्ना नगर्ने भएको छ। स्वास्थ्य बिमा ऐन २०७४ र यसअन्तर्गतका कानुनविपरीत कतिपय बिरामीलाई निजी तथा अर्को रिफर गरेको पाइएकाले बोर्डले यस्तो चेतावनी दिएको हो।

रिफर गर्नु परेमा अनिवार्य कारण खुलाउन बोर्डले निर्देशन दिएको छ। यसअघि पनि आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध सेवाका निम्ति अन्यत्र रिफर नगर्न बोर्डले पटक पटक निर्देशन दिँदै आएको थियो।

‘…अनावश्यक रुपमा रेफर गरेको पाइएकोले अब उप्रान्त आफ्नो संस्थामा भइरहेको सेवालाई नजरअन्दाज गरी रिफर नगर्न, गर्नु परेमा अनिवार्य रुपमा कारण खुलाएर मात्र गर्न र अनावश्यक रिफर गरेको पाइएमा दाबी मूल्याङ्कन तथा रुजु गर्दा त्यस्तो रकम शोधभर्ना नगरिने व्यहोरासमेत निर्णयअनुसार अनुरोध छ’ बोर्डले भनेको छ।

प्रकाशित: २१ भदौ २०८१ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =