पहिरोले नागढुंगा सडक अवरुद्ध

हिमाल प्रेस ११ असोज २०८१ १६:१३ | Friday, September 27, 2024
पहिरोले नागढुंगा सडक अवरुद्ध

मलेखु (धादिङ)- त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुङ्गा सडकखण्ड लेदो माटोले अवरुद्ध बनेको छ।

यहाँको धुनिबेँसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक अवरुद्ध बनेको हो। निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीसाधन रोकिएका छन्।

काठमाडौँबाट पूर्व–पश्चिमका लागि छुटेका यात्रु बससहित सबै प्रकारका सवारी सडकमै रोकिएका हुन्। राजमार्गमा लेदो थुप्रिएकाले खुलाउन कठिन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सुरेश्र श्रेष्ठले जानकारी दिनुभयो। निरन्तर पानी परिरहेकोले लेदो पन्छाउन कठिनाइ भइरहेको छ।

प्रकाशित: ११ असोज २०८१ १६:१३ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast