‘डिएनए’ बाट सुधन पोखरेलको डेब्यु

हिमाल प्रेस २६ भदौ २०८१ १५:१३ | Wednesday, September 11, 2024
‘डिएनए’ बाट सुधन पोखरेलको डेब्यु

काठमाडौँ- निर्माणको तयारीमा रहेको फिल्म ‘डिएनए’ बाट सुधन पोखरेलले फिल्ममा डेब्यु गर्ने भएका छन्। निर्माण टिमले सुधनको तस्बिरसहितको पोस्टर सार्वजनिक गरेको छ। फिल्ममा उनकाे मुख्य भूमिका रहनेछ। सुधनले यसअघि केही विज्ञापन र म्युजिक भिडियाे खेलेका छन्।

पोस्टरमा सुधन बन्द कोठाभित्र चम्किलो किरण फ्याँकिरहेको एक बाकसमा केही खोजिरहेको जस्तो देखिन्छ। जहाँ पौराणिक वस्तु हुनसक्ने अनुमान गर्न सकिन्छ। पोस्टर डिजाइनर रोयल भीमसेन हुन्।

आगामी फागुनदेखि छायांकन सुरु गर्ने भनिएको फिल्ममा अन्य कलाकारको नाम उल्लेख गरिएको छैन्। फिल्म चानस पुन मगर र मणि रत्न त्रिपाठीको संयुक्त लेखन एवं निर्देशनमा बन्न लागेको हो। फिल्मका निर्माता कुमार भास्कर हुन्।

पौराणिक कथामा एक्सन र थ्रिलर जनरामा फिल्म बन्नेछ। फोनिक फ्लिकर बड पिक्चर्स एण्ड अन्डर एक्सपोज फिल्मसँगको सहकार्यमा निर्माण हुनेछ।

सुशान्त केसी र प्रशान्त योगीले छायांकन गर्ने भनिएको फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, गणेश क्षेत्रीको सम्पादन, मानस्वी मालाकारको संगीत, वर्षा क्षेत्रीको कस्ट्युम डिजाइन, सुदीप पाण्डेको रंग संयोजन, सुदिल धितालको साउन्ड डिजाइन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहनेछ।

प्रकाशित: २६ भदौ २०८१ १५:१३ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast