माओवादी सांसदको आरोप : १४ करोड पचाउन धनराज गुरुङले श्रीमतीसँग सम्बन्धविच्छेद गरे

हिमाल प्रेस २५ भदौ २०८१ १६:१० | Tuesday, September 10, 2024
माओवादी सांसदको आरोप : १४ करोड पचाउन धनराज गुरुङले श्रीमतीसँग सम्बन्धविच्छेद गरे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ दाहालले कांग्रेस उपसभापति धनराज गुरुङको ‘सहकारी सम्बन्धविच्छेद’ भएको टिप्पणी गरेका छन्।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा दाहालले गुरुङ केही समयअघि सम्बन्धविच्छेद भएको भनिएको श्रीमतीसँग देखिएको भन्दै गुरुङको ‘सहकारी सम्बन्धविच्छेद’ भएको बताए।

चौध करोड पचाउनका लागि मात्रै गुरुङले कानूनीरूपमा सम्बन्धविच्छेद गरेको उनको आरोप छ। दाहालले सहकारी ठगी प्रकरणमा गुरुङको संलग्नता देखिएकाले अनुसन्धान हुनुपर्ने पनि बताए।

‘माननीय धनराज गुरुङको श्रीमतीकोसँगको सम्बन्ध विच्छेद होइन सहकारीविच्छेद हो,’ उनले भने, ‘१४ करोड पचाउन कीर्तिम सम्बन्धविच्छेद हो।’ उनले सहकारी छानबिन समितिमा सहकारी ठगीसम्बन्धी प्रयाप्त प्रमाणहरू जुटेको भन्दै कारबाहीका लागि सिफारिस गरिने बताए।

छानबिन समितिका सदस्यसमेत रहेका दाहालले कसैलाई जोगाउने वा फसाउने नियत नराखेर अन्तिम प्रतिवेदन तयार गर्ने बताए।

 

प्रकाशित: २५ भदौ २०८१ १६:१० | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast