बागलुङमा जीप दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्ष बुढाको मृत्यु

हिमाल प्रेस २८ भदौ २०८१ १२:३० | Friday, September 13, 2024
बागलुङमा जीप दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्ष बुढाको मृत्यु

काठमाडौँ- बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ।

प्रहरीका अनुसार काठमाडौँदेखि रुकुमपूर्व जाँदै गरेको रा १ झ २०० नम्बरको जीप दुर्घटनामा बुढासहित दुई महिला र एक पुरुषको मृत्यु भएको हो। मृतक अर्की महिला र पुरुषको पहिचान खुलेको छैन।

बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार दुर्घटनामा एक पुरुष घाइते भएका छन्। घाइतेलाई धौलागिरि अस्पतालमा उपचारका लागि लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

प्रकाशित: २८ भदौ २०८१ १२:३० | Friday, September 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast