योगेश भट्टराईले माओवादीलाई मान्छे मार्नु, गोली ठोक्नु हिंसा हो भनेपछि संसद्‌मा तनाव

हिमाल प्रेस १२ भदौ २०८१ १४:५८ | Wednesday, August 28, 2024
योगेश भट्टराईले माओवादीलाई मान्छे मार्नु, गोली ठोक्नु हिंसा हो भनेपछि संसद्‌मा तनाव योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको आज बुधबारको बैठकमा १० बर्से सशस्त्र संघर्षलाई राजनीतिक हिंसा भनेपछि तनाव सिर्जना भएको छ।

भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेको भन्दै माओवादी सांसदहरूले उठेर नियमापत्ति जनाए। माओवादी सांसदहरुले तत्कालै रेकर्डबाट हटाउन माग गर्दै नाराबाजी गरेका थिए । माओवादीका सांसदले उठेर आपत्ति जनाइरहेपछि सभामुखले देवराज घिमिरेले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न एकमिनेटको समय दिए। उनले भट्टराईको भनाइ हटाउन र संसदीय मर्यादा ख्याल गर्न पनि आग्रह गरे।

त्यसपछि सभामुख देवराज घिमिरेले ‘छानबिन गरेर निर्णय गर्न सचिवालयलाई निर्देशन’ दिए। त्यसपछि एमाले पनि सभामुखप्रति आक्रोशित बनेको थियो।

‘राजनीतिक प्रतिबद्धतामा कसैको छानबिन हुँदैन । हाम्रो राजनीतिक प्रतिबद्धता हो,’ भट्टराईले भनेका थिए, ‘को हो छानबिन गर्ने ? मान्छे मार्नु, गोली ठोक्नु, चन्दा उठाउनु, लुटपाट गर्नु सबै हिंसा हो।’

प्रकाशित: १२ भदौ २०८१ १४:५८ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast