अमेरिकी डलर घट्यो, अरू मुद्रा घट्यो

हिमाल प्रेस ३१ साउन २०८१ ६:२४
12
SHARES
अमेरिकी डलर घट्यो, अरू मुद्रा घट्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा अरू धेरै विदेशी मुद्राको मूल्य बढेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।

हिजो र अस्ती अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो। मंगलबार र बुधबार अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ १२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २० पैसा थियो। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७८ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५६ र बिक्रीदर ३५७ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६४ र बिक्रीदर ३५७ रुपैयाँ २४ पैसा थियो।

प्रकाशित: ३१ साउन २०८१ ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =