एक बर्षमा करिब दुई खर्ब बराबरको बिमा व्यापार

हिमाल प्रेस २५ साउन २०८१ १६:५२
14
SHARES
एक बर्षमा करिब दुई खर्ब बराबरको बिमा व्यापार

काठमाडौँ- गत आर्थिक बर्षमा जीवन र निर्जीवन बिमा कम्पनीहरूले करिब दुई खर्बको व्यापार गरेका छन्। नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा जीवन तथा निर्जीवन बिमा कम्पनीहरूले कुल १ खर्ब ९७ अर्ब ७९ करोड ७६ लाख रुपैयाँको व्यापार गरेका छन्।

यो अघिल्लो आर्थिक बर्षको तुलनामा ८.३४ प्रतिशतले बिमा व्यापार बढेको प्राधिकरणको तथ्यांकमा छ। अघिल्लो आर्थिक बर्षमा कुल १ खर्ब ८२ अर्ब ५७ करोडको बिमा व्यापार भएको प्राधिकरणको तथ्यांकमा छ। अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष १५ अर्ब २२ करोड बढीको बिमा व्यापार भएको प्राधिकरणको तथ्यांकमा छ।

यस्तै, गत वर्ष निर्जीवन बिमा कम्पनीहरूले कुल ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ। यस बर्ष २९ लाख १ हजार ६ सय ४० वटा बिमालेख बिक्री भएको प्राधिकरणको तथ्यांकमा छ।

अघिल्लो आर्थिक बर्षमा निर्जीवन बिमा आवमा कम्पनीहरूले ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ। गत बर्ष अघिल्लो आवको तुलनामा ३.१२ प्रतिशतले निर्जीवन बिमा कम्पनीहरूको व्यापार बढेको पाएन्छ। यस आवमा २७ लाख ९२ हजार ५१६ वटा निर्जीवन बिमालेख बिक्री भएको थियो।

यसैगरी गत वर्ष जीवन बिमा कम्पनीहरूले कुल १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्। यस आवमा गत वर्ष कम्पनीहरूले कुल १ करोड ३८ लाख ८१ हजार ४९२ वटा बिमालेख बिक्री गरेका छन्।

आर्थिक बर्ष २०७९/८० मा जीवन बिमा कम्पनीहरूले कुल १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ रुपैयाँ बिमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकमा छ। यस आवमा कुल १ करोड ४१ लाख ३७ हजार ३२१ वटा जीवन बिमालेख बिक्री गरेका थिए।

प्राधिकरणका अनुुसार गत आवमा जीवन बिमा कम्पनीहरूले ३४ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेका छन्। यो अघिल्लो आर्थिक बर्षको तुलनामा ९.८२ प्रतिशतले बृद्धि भएको हो।
नेपाल बिमा प्राधिकरणकका प्रवक्ता सुशील देव सुवेदीका अनुसार गत आर्थिक बर्षदेखि जीवन र निर्जीवन बिमामा व्यापार सुधार देखिएको छ। पछिल्लो समय सबै क्षेत्रमा बिमा गर्न प्रचलन पनि बढेको उनले बताए। ‘आर्थिक गतिविधि बढेसँगै बिमा व्यापार पनि बढेको छ। तीन बर्षयता कोरोना र आर्थिक मन्दीका कारण सुस्ताएको बिमा व्यापार लयमा फर्किन थालेको छ’ उनले भने।

प्रकाशित: २५ साउन २०८१ १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =