शिक्षा विधेयकमाथि छलफल : शिक्षकलाई निजामती कर्मचारीको भन्दा कम तलब भयो

हिमाल प्रेस २५ साउन २०८१ १३:५५
8.1k
SHARES
शिक्षा विधेयकमाथि छलफल : शिक्षकलाई निजामती कर्मचारीको भन्दा कम तलब भयो शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल। तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडाैँ- प्रतिनिधिसभाअन्तर्गतकाे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘विद्यालय शिक्षा विधेयक-२०८०’ माथि नियमितजसाे छलफल भइरहेकाे छ।

संशाेधनकर्ता सांसदहरूले बालबालिकालाई सरकारले दिने दिवा खाजादेखि शिक्षककाे तलबसम्म विषय प्रवेश गराएका छन्। विधेयकमा १६३ दफा छन्। विधेयकमा १५२ जना सांसदले एक हजार सात सय ८५ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

साे छलफलमा शिक्षकले राजनीति गर्न हुने या नहुने विषय पनि उठाइएकाे छ। यसमा सा‌ंसदहरूबीच मत बाजिएकाे छ‍। बिहीबार (साउन २४ गते) को छलफलमा सांसद किसान श्रेष्ठले शिक्षकलाई राजनीति गर्न दिनुपर्ने मत राखे।

निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठकाे कार्यशैलीलाई लक्षित गर्दै किसानले शिक्षकलाई अपमान नगर्न पनि आग्रह गरे। सुमनाले आफू मन्त्री हुँदा शिक्षकले राजनीति गरेकाे भन्दै कारबाही गरेकी थिइन्।

सांसद किसानले समिति बैठकमा भने, ‘कक्षामा असरमा नपर्ने गरी राजनीति गर्न दिनुपर्छ। शिक्षकले गरेको राजनीतिले कक्षामा प्रभाव पर्दैन भने उसलाई राजनीति गर्न किन रोक्ने?

त्यसैगरी किसानले  शिक्षकलाई पर्याप्त सुविधा दिने व्यवस्था कानुनमै राख्नुपर्ने बताए। उनले भने,‘सेवासुविधा निजामती कर्मचारीको भन्दा बढी दिउँ, बिशिष्ट सेवाको पनि व्यवस्था गरौँ।’

समिति बैठकमा अर्का सांसद प्रेम सुवालले विद्यालय तहको पाठ्यक्रममै कोक, फ्यान्टाजस्ता कोल्ड ड्रिंक्स र जंकफुड खान नहुने सन्देश राख्नुपर्ने मत राखे। ‘पाठ्यक्रममा कोक फ्यान्टा, जंकफुड खानु हुँदैन भनेर विधेयकमा लेखिनुपर्छ,’ बैठकमा उनले भने।

सा‌ंसद सुवालले पनि विद्यालय तहको शिक्षामा गुणस्तर सुधार्न शिक्षकलाई प्रोत्साहन आवश्यक रहेको बताए। शिक्षक हुनेलाई सम्मान नभएको र निजामती कर्मचारीको भन्दा कम तलब भएकोले विश्वविद्यालयमा उत्कृष्ट व्यक्ति शिक्षक हुन आकर्षित नभएको सुवालकाे तर्क थियाे।

प्रकाशित: २५ साउन २०८१ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =