लुम्बिनीमा १० दिनपछि तोकियो मन्त्रीहरूको जिम्मेवारी

हिमाल प्रेस १८ साउन २०८१ १६:२५
14
SHARES
लुम्बिनीमा १० दिनपछि तोकियो मन्त्रीहरूको जिम्मेवारी

काठमाडौँ- लुम्बिनीका बिनाविभागीय मन्त्रीहरूले १० दिनपछि जिम्मेवारी पाएका छन्। मुख्यमन्त्रीसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले ९ साउनमा शपथ लिएका थिए। मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार नै कार्यविभाजनसँगै सरकारलाई पूर्णता दिन खोजे पनि कांग्रेसभित्रको आन्तरिक विवादले गर्दा रोकिएको छ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसँगको छलफलपछि मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीहरूलाई दिने मन्त्रालयको जिम्मेवारीबारे टुंगो लगाएका हुन्। मुख्यमन्त्री आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी गुल्मीका धनेन्द्र कार्कीलाई दिएका छन्।

यसैगरी, शहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सरोज थापा, वन तथा वातावरणको बादशाह कुर्मी र उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको जिम्मेवारी प्रचण्डविक्रम न्यौपानेले पाएका छन्। कांग्रेसले एक जना मन्त्री पठाउन बाँकी छ। एमालेबाट मन्त्री बनेका भूमिश्वर ढकाले भौतिक पूर्वाधार विकास, दिनेश पन्थीले कृषि तथा भूमि व्यवस्था, खेम सारुले स्वास्थ्य र सीता शर्मा चौधरीले ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आचार्यले आफैँसँग राखेका छन्।

प्रकाशित: १८ साउन २०८१ १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =