बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले लिए शपथ

हिमाल प्रेस १७ साउन २०८१ १७:३४
98
SHARES
बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले लिए शपथ

काठमाडौँ- नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जना प्रदेश प्रमुखलाई शपथ गराएका हुन्।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

प्रकाशित: १७ साउन २०८१ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =