सर्लाहीमा एक युवक मृत फेला, हत्याको आशंका

हिमाल प्रेस २६ साउन २०८१ १८:२७ | Saturday, August 10, 2024
सर्लाहीमा एक युवक मृत फेला, हत्याको आशंका प्रतीकात्मक तस्बिर।

मलंगवा– सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा एक युवक मृत फेला परेका छन्। टाँडी निवासी श्यामबाबु साहका १९ वर्षीय छोरा मुन्ना साह मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ।

गाउँ नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए। मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शंकास्पद रहेको उनले बताए।

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाँैँ पठाइएको छ। घटनाका विषयमा अनुसन्धानका लागि एक युवतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए।

डुबेर तीन वर्षीय बालकको मृत्यु

सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ सुन्दुरपुरस्थित ढाङ्ग्राखोलामा डुबेर एक नबालकको मृत्यु भएको छ। स्थानीय सञ्जीव रायका तीन वर्षीय छोरा अंशु रायको खेल्ने क्रममा आज घर नजिकको ढाङ्ग्राखोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए।

खोलामा डुबेका बालकलाई उद्धार गरी आज दिउँसो १ बजे प्रादेशिक अस्पताल मलगंवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित: २६ साउन २०८१ १८:२७ | Saturday, August 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast