लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा

हिमाल प्रेस ३१ साउन २०८१ १५:४२ | Thursday, August 15, 2024
लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा

काठमाडौँ- बारा प्रहरीले ६२ किलो लागुऔषध गाँजासहित गाडीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–१ बाट ना १ ज ८४४५ नम्बरको गाडीलाई गाँजासहित नियन्त्रणमा लिएको हो।

चेकजाँचका लागि पथलैया चोकमा प्रहरीले रोक्न खोज्दा गाडी फरार भएको थियो। पछि खोजतलाशको क्रममा हुलाश फ्याक्ट्रि नजिक रोकिराखेको अवस्थामा गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

चेकजाँचको क्रममा गाडीभित्र लुकाई राखेको अवस्थामा ६२ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

बरामद भएको गाँजाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ साउन २०८१ १५:४२ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast