काठमाडौँ- नेवारी भाषामा बनेकाे फिल्म ‘लाखे आजु’ को ट्रेलर सार्वजनिक भएको छ। एक मिनेट ५९ सेकेन्डको ट्रेलरमा भगवान र राक्षसको लडाइँको कथा देखाइएको छ। शोहित मानन्धर र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको फिल्म आर्यम नकर्मीले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो।
फिल्ममा शोहित र अशिष्मासहित मदनकृष्ण श्रेष्ठ, मदनदास श्रेष्ठ, सविन शाक्य, नागिना जोशी लगायत कलाकारकोको अभिनय छ।
फिल्म आगामी दसैँमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ। नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शन गर्ने भनिएको फिल्म नेपाली, नेवारी र विदेशमा अङ्ग्रेजी भाषामा देखाइनेछ। फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन्।
फिल्ममा प्रदीपकुमार उदय, नरेन्द्र महर्जन, अशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठको संयुक्त लगानी छ।
प्रकाशित: ५ भदौ २०८१ ११:१२ | Wednesday, August 21, 2024
प्रतिक्रिया





