भिजिट भिसाको दुरुपयोग रोक्न अनुगमनबाहेकको विकल्प छैन : श्रममन्त्री

हिमाल प्रेस ३२ साउन २०८१ १९:३९ | Friday, August 16, 2024
भिजिट भिसाको दुरुपयोग रोक्न अनुगमनबाहेकको विकल्प छैन : श्रममन्त्री शरद्सिंह भण्डारी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले भिजिट भिसाको दुरुपयोग रोक्न नियमनबाहेक अन्य कुनै विकल्प नरहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा मन्त्री भण्डारीले भिजिट भिसाको दुरुपयोग रोक्नका लागि सरकार गम्भीर रहेको भन्दै यसलाई रोक्न अनुगमनबाहेक अरू कुनै विकल्प नरहेको बताएका हुन्।
उनले श्रम सम्झौताका दुईपक्षीय सम्झौता गर्दा नेपाली कामदारको हकअधिकारलाई ध्यान दिइने उल्लेख गरे।

मन्त्री भण्डारीले लगातार दुई वर्षसम्म वार्षिक १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर व्यवसायीको नवीकरण नगर्ने व्यवस्था रहेको भए पनि विविध परिस्थितिका कारण सरकारले बाधा अड्काउ फुकाऊ मार्फत नवीकरण गर्नु परिरहेको जिकिर गरे।

आप्रवासनसम्बन्धी राष्ट्रिय नीतिको मस्यौदा तयार भइसकेको जानकारी दिँदै उनले यसले नेपाली कामदारलाई थप सुरक्षित र व्यवस्थित हुने बताए।

मन्त्री भण्डारीले इजरायलमा केयरगिभरमा नेपाली कामदार लैजाने क्रममा समस्या र गुनासो आइरहेको भन्दै भाषा, सीपलगायतको प्रमाणपत्र दिने संस्थामाथि छानबिन गर्न छानबिन समिति बनाएको जानकारी दिए।

प्रकाशित: ३२ साउन २०८१ १९:३९ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast