भारतमा ७० औँ राष्ट्रिय फिल्म पुरस्कारको घोषणा, उत्कृष्ट फिल्म ‘आट्टम’

हिमाल प्रेस ३२ साउन २०८१ १८:३६ | Friday, August 16, 2024
भारतमा ७० औँ राष्ट्रिय फिल्म पुरस्कारको घोषणा, उत्कृष्ट फिल्म ‘आट्टम’

काठमाडौँ- भारत सरकारले सन् २०२२ का लागि ७० औँ राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरेको छ।७० औँ राष्ट्रिय फिल्म पुरस्कारका लागि सर्वेश्रेष्ठ अभिनेत्रीको पुरस्कार दुई जनालो साझा रूपमा पाएकी छन्।

तमिल फिल्म तिरुचित्रम्बलमका लागि नित्या मेननलाई सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार दिइएको छ। यो फिल्म सन् २०२२ मा रिलिज भएको थियो। त्यस्तै गुजराती फिल्म कच्छ एक्सप्रेसका लागि मानसी पारेखलाई पनि सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार दिइएको छ।

अभिनेतातर्फ ऋषभ शेट्टीले सर्वश्रेष्ठ अभिनेताको पुरस्कार पाएका छन्। कन्नड भाषाको फिल्म कान्ताराका लागि उनलाई सर्वश्रेष्ठ अभिनेताको पुरस्कार दिइएको हो।मनोज बाजपेयी र शर्मिला टैगोरको फिल्म गुलमोहरलाई उत्कृष्ट हिन्दी फिल्मको पुरस्कार दिइएको छ।

त्यस्तै ब्रह्मास्त्र पार्ट–१ का गीतका लागि संगीतकार प्रीतमले उत्कृष्ट संगीत निर्देशकको पुरस्कार पाएका छन्। तमिल फिल्म पोन्नियिन सेलवन पार्ट–१ को पाश्व संगीतका लागि एआर रहमानलाई उत्कृष्ट संगीत निर्देशकको पुरस्कार दिइएको छ।

अरिजित सिंहले फिल्म ब्रह्मास्त्र पार्ट–१ लागि सर्वश्रेष्ठ पुरुष गायकको पुरस्कार पाएका छन्। निर्देशक सुरज बाडजात्यालाई उनको फिल्म उचाइँका लागि सर्वश्रेष्ठ निर्देशकको पुरस्कार दिइएको छ। मलयालम फिल्म आट्टमलाई सर्वश्रेष्ठ फिल्मको पुरस्कार दिइएको छ।

प्रकाशित: ३२ साउन २०८१ १८:३६ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast