खुल्यो पृथ्वी राजमार्ग

हिमाल प्रेस ३० साउन २०८१ १०:१९ | Wednesday, August 14, 2024
खुल्यो पृथ्वी राजमार्ग सडक

चितवन- पृथ्वी राजमार्गको मुग्लिन-मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ। गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको हो। मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियो भने कुरिनटारमा विशाल ढुंगा खसेको थियो।

प्रकाशित: ३० साउन २०८१ १०:१९ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast