करेन्ट लागेर एकको मृत्यु

हिमाल प्रेस १४ भदौ २०८१ २०:०२ | Friday, August 30, 2024
करेन्ट लागेर एकको मृत्यु प्रतीकात्मक तस्बिर।

बारा– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टागिया बस्तीमा धान खेतमा करेन्ट लागेर एकको मृत्यु भएको छ।

स्थानीय ५३ वर्षीय टीकाबहादुर खनाललाई धान खेतमा विद्युतीय मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेको थियो।

गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

प्रकाशित: १४ भदौ २०८१ २०:०२ | Friday, August 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast