सांकेतिक तस्बिर
महोत्तरी- बर्दिबासमा आश्रयविहीनलाई राख्न निर्माण गरिने ‘हाम्रो मायाघर’का लागि शिवपुराण महायज्ञबाट दुई करोड रुपैयाँ संकलन भएको छ।
शिवपुराण महायज्ञ समितिका संयोजक हिरालाल गौतमका अनुसार श्रद्धालुबाट प्राप्त नगद दुई करोडबाहेक महायज्ञस्थलमा नै प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले ‘हाम्रो मायाघर’ निर्माण गर्न एक करोड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आज कथावाचिका राधिका दासीले भवन शिलान्यास गर्ने कार्यक्रम छ । उनले नै शिवपुराण सुनाइन्। बर्दिबास–२ मा मायाघर निर्माणका लागि दाताबाट पाँच कठ्ठा १० धुर जग्गा प्राप्त भएको छ।
प्रकाशित: ३० साउन २०८१ १०:३१ | Wednesday, August 14, 2024
प्रतिक्रिया





