भारतको चिया बगानमा पहिरो, ९३ जनाको मृत्यु

हिमाल प्रेस १५ साउन २०८१ २१:०८
116
SHARES
भारतको चिया बगानमा पहिरो, ९३ जनाको मृत्यु तस्बिरः एएफपी।

बेंगलुरु (रासस/एएफपी)- भारतमा भारी मनसुनी वर्षाले पहिरो जाँदा चिया बगानमा मंगलबार कम्तीमा ९३ जनाको मृत्यु भएको छ। कम्तीमा दुई सय ५० जनालाई जीवितै उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।

केरलाको दक्षिणी तटीय राज्य मुसलधारे वर्षा भइरहेको छ। वायनाड जिल्लाको प्रकोप क्षेत्रमा जाने बाटो अवरुद्ध भएकाले राहत कार्यमा कठिनाइ भएको छ।

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले हालसम्म ९३ शव फेला परेको पुष्टि गरेका छन्।

प्रकाशित: १५ साउन २०८१ २१:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =