काठमाडौँ उपत्यकाको पोलियो खोप अभियान तीन दिन थप

हिमाल प्रेस १४ साउन २०८१ ७:५६
4
SHARES
काठमाडौँ उपत्यकाको पोलियो खोप अभियान तीन दिन थप

काठमाडौँ- काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको विशेष पोलियो अभियान तीन दिन थप गरिएको छ। बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमका अनुसार काठमाडौँसहित भक्तपुर र ललितपुरमा छुटेका बालबालिकालाई पोलियो थोपा खुवाउने उद्देश्यका साथ अभियान तीन दिन थप गरिएको हो।

पोलियो थोपा खुवाउन छुटेका जन्मेदेखि ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर साउन १५ गतेसम्म अनिवार्य पोलियो थोपा खुवाउन आग्रह गरिएको छ। भक्तपुरमा सुर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका, चांगुनारायण नगरपालिका स्वास्थ्य शाखा र मध्यपुर नगरपालिका स्वास्थ्य शाखामा खोप केन्द्र सञ्चालन हुने जनाइएको छ।

यस्तै ललितपुरमा पाटन अस्पताल, अल्का अस्पताल, सुमेरु सिटी अस्पताल, बीएण्डबी अस्पताल, मेडिसिटी अस्पताल र किस्ट अस्पतालमा खोप केन्द्र सञ्चालन हुनेछ । काठमाण्डौँमा कान्ति बाल अस्पताल, वीरेन्द्र सैनिक अस्पताल लगायत १३ वटा अस्पतालमा खोप केन्द्र सञ्चालन गरिने भएको छ ।

अभियानमा २ लाख ३१ हजारभन्दा बढी बालबालिकाले पोलियो थोपा खाएका छन्। साउन ९ गतेबाट सुुरु भएको अभियानमा सरकारले २ लाख ८० हजार बालबालिकालाई पोलियो थोपा खुुवाउने लक्ष्य लिएको छ।

प्रकाशित: १४ साउन २०८१ ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =