रास्वपाले सोध्यो : डीआईजी मनोज केसीको सरुवा किन गरियो?

हिमाल प्रेस १३ साउन २०८१ १४:४१
528
SHARES
रास्वपाले सोध्यो : डीआईजी मनोज केसीको सरुवा किन गरियो?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले नेपाल प्रहरीका डीआईजी मनोज केसीको आकस्मिक सरुवा गरिएकोबारे सरकारलाई प्रश्न गरेका छन्। आज आइतबारको प्रतिनिधिसभा बैठकमा उनले यसबारे प्रश्न गरेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झालगायतलाई पक्राउको गरेका केसीको शनिबार आकस्मिक भन्दै सरुवा गरिएको थियो।

ढकालले यसै विषयमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई यसबारे बोल्न चुनौती दिए। यसअघिको सरकारले प्रहरीको सरुवा गर्दा संसद्‌मा शर्माले प्रश्न गरेको भन्दै यसपटक पनि केसीको सरुवाबारे प्रश्न गर्न भनेका हुन् ।

‘एक अब्बल राष्ट्रसेवक कर्मचारी डीआईजी मनोज केसीलाई कसरी सरुवा गरियो, विश्वासको मत लिएको दुई दिनभित्रमा,’ उनले भने, ‘के उद्देश्यका लागि ? हामीले सरकार गठन गर्दा जुन उद्देश्यले सरकार गठन गरेको थियो भनेका थियौँ, त्यसै उद्देश्यका लागि सरुवा गरिएको छ। कांग्रेसका महामन्त्रीज्यूले असार १० गते एउटा पोस्ट गर्नुभएको थियो। इन्स्पेक्टर सरुवाको विषयमा गलत भाष्य सावित गर्नका लागि । म आग्रह गर्न चाहन्छु कांग्रेसका एक महामन्त्रीज्यूलाई डीआईजी मनोज केसीको सरुवाको विषयमा तपाईं बोल्न सक्नुहुन्छ कि हुँदैन यो सदनमा?’

डीआइजी केसी नेतृत्व झामात्रै नभएर पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई पनि पक्राउ गरेका थिए। झा र थापा पक्राउपछि नेपाली राजनीति तरंगित बनेको थियो। उनलाई विशेष ब्युरोमा खटाएको दुई महिना नपुग्दै अहिले गृहमन्त्रालयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुरुवा गरिएको हो। केसीको ठाउँमा डीआईजी राजन अधिकारीलाई ल्याइएको छ।

प्रकाशित: १३ साउन २०८१ १४:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =