पौडी खेल्ने क्रम तिनाउ नदीले बगाउँदा एकको मृत्य्, एक बेपत्ता

हिमाल प्रेस १२ साउन २०८१ ७:३७
12
SHARES
पौडी खेल्ने क्रम तिनाउ नदीले बगाउँदा एकको मृत्य्, एक बेपत्ता सांकेतिक तस्बिर।

काठमाडौँ- पौडी खेल्ने क्रम तिनाउ नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन्। रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगर आफन्त घर आएका दुई बालक पौडी खेल्न तिनाउमा गएका थिए ।

बागलुङको बरेङ गाउँपालिका-४ घर भई बुद्धनगर बस्ने १२ वर्षका विवश खत्री र रूपन्देहीको सैनामैना नगरपालिकाका ८ वर्षका विप्रन पाण्डेलाई तिनाउले शुक्रबार साँझ बगाएको थियो । विवशको शव फेला परे पनि पाण्डेको अवस्था अझै पत्ता लाग्न नसेकेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता मनोहर भट्टले जानकारी दिए ।

तीन जना बालकहरू पौडी खेल्न गएका थिए । दुई जनालाई नदीले बगाएपछि अर्का एक जानले आफन्तलाई खबर गरेका थिए ।

प्रकाशित: १२ साउन २०८१ ७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =