पूर्वराज्यमन्त्री राय हत्या प्रकरण : सोधपुछका लागि एकजना पक्राउ

हिमाल प्रेस ७ साउन २०८१ ११:५०
52
SHARES
पूर्वराज्यमन्त्री राय हत्या प्रकरण : सोधपुछका लागि एकजना पक्राउ

जनकपुरधाम-   पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। सर्लाही चन्द्रनगर गाउँपालिका–१ निवासी रायको हत्या प्रकरणमा प्रहरीले उनकै घरमा काम गर्ने एक जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी रवीन्द्रकुमार सिंहका अनुसार रायको घरमा काम गर्ने एक जनालाई सोधपुछका लागि पक्राउ गरिएको जनाएका छन्। प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्ति पनि रायकै घरमा राति सुतेका थिए।

ती व्यक्तिले राति नै रायको हत्या भएकोबारे आफन्तलाई जानकारी गराएको बताइएको छ। रायको हत्यमा संलग्न र हत्यको कारणबारे प्रस्ट भइसकेको छैन। घटनास्थलमा प्रहरी टोली पुगेर हत्याबारे अनुसन्धान गरिरहेको छ।

घटनास्थलबाट घरेलु हतियार बरामद भएको प्रहरीले जनाएको छ। रायका हत्यामा घरेलु हतियारको प्रयोग भएको हुनसक्ने प्रहरीको अनुमान छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।

८० वर्षीय पूर्वभूमिसुधार राज्यमन्त्री राय चन्द्रनगरस्थित आफ्नै निवासमा मृत फेला परेका थिए। सोमबार बिहान १ बजे राय मृत फेला परेको सूचना प्रहरीले पाएको थियो। सूचना प्राप्त भएसँगै मोहनपुर प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली रायको घरमा पुगेका थियो।

प्रहरीका अनुसार राय आफ्नै एक तले पक्की घरको सुत्ने कोठामा मृत फेला परेका थिए। उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरेको पाइएको छ। उनको शव खाटको छेउमा उत्तानो अवस्थामा रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =