जब अजिंगरले निल्यो महिला

हिमाल प्रेस १९ असार २०८१ १८:४८
120
SHARES
जब अजिंगरले निल्यो महिला

इन्डोनेसिया (रासस/एएफपी)- मध्य इन्डोनेसियामा अजिंगरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ।

आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न मंगलबार बिहान घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाटी बेपत्ता भएको र खोजी गर्ने क्रममा उनलाई अजिंगरको पेटभित्र मृत भेटिएको प्रहरीले बताएको छ।

घटनाबारे गाउँ सचिव इयाङलेले भने, ‘उनका श्रीमान् आदियान्साले दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँमा आफ्नो घरबाट करिब ५०० मिटर टाढा भुइँमा मृतकको चप्पल र प्यान्ट फेला पारेको, त्यसको केही समयपछि उनले बाटोबाट करिब १० मिटर टाढा एउटा अजिंगर देखेको र उसको पेट धेरै ठूलो देखेपछि आदियान्सालाई शंका लागेर गाउँलेहरूको सहयोगमा अजिंगरको पेट चिरेका थिए। पेटभित्र उनीहरूले मृतक सिरियाटीको शव फेला पारेका हुन्।’

गत महिना दक्षिण सुलावेसीको अर्को जिल्लामा पनि अजिंगरको पेटभित्र एउटी महिला मृत फेला परेकी थिइन्।

गत वर्ष स्थानीयवासीहरूले एक जना किसानको घाँटी दबाएर खाँदै गरेको अवस्थामा आठ मिटर लामो अजिंगरलाई मारेका थिए।

सन् २०१८ मा दक्षिणपूर्वी सुलावेसीको मुना सहरमा सात मिटर लामो अजिंगरको पेटभित्र ५४ वर्षीया महिला मृत फेला परेकी थिइन्।

प्रकाशित: १९ असार २०८१ १८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =