संसद्‌मा साङ्केतिक भाषाको दोभासे राख्न माग

हिमाल प्रेस १९ असार २०८१ १६:२७
12
SHARES
संसद्‌मा साङ्केतिक भाषाको दोभासे राख्न माग राष्ट्रियसभा बैठक। फाइल तस्बिर

काठमाडौँ- संसद्‌मा साङ्केतिक भाषाका लागि दोभासे राख्न माग गरिएको छ। राष्ट्रियसभाको आज बसेको बैठकको शून्य समयमा सांसद पदमबहादुर परियारले दोभासे राख्न माग गर्दै श्रवण शक्ति कमजोर भएकाहरूका लागि संसद्‌ गतिविधिबारे जानकारी गराउन आवश्क रहेको बताए।

‘संसद्‌मा भएको प्रत्यक्ष प्रसारण र रेडर्कसमेत साङ्केतिक भाषामा हुनसकेको छैन,’ उनले भने, ‘यसले संसद्‌मा भएका नीति निर्माणका कुरा सुन्नबाट श्रवण शक्ति कमजोर भएकाहरू वञ्चित भएका छन्।’

संसद्को गतिविधि रेकर्डसमेत साङ्केतिक भाषामा प्रयोग नगरिएको हुँदा सरकारले साङ्केतिक भाषाको दोभासे राख्न सांसद परियारले माग गरे।

प्रकाशित: १९ असार २०८१ १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =