हत्याका फरार अभियुक्त पक्राउ

हिमाल प्रेस ७ साउन २०८१ २०:४९ | Monday, July 22, 2024
हत्याका फरार अभियुक्त पक्राउ

काठमाडौं- सिरहा प्रहरीले हत्याका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

प्रहरीले सिरहा अर्नमा गाउँपालिका–२ ब्रहमपुरी बस्ने ५२ वर्षीय बचाई महतो भन्ने बच्चु महतोलाई पक्राउ गरेको हो।

अर्नमा गाउँपालिका–२ घर भई विष्णुपुर गाउँपालिका–१ विष्णुपुर चोकमा ग्यास, बिउविजनको पसल गरी व्यवसाय गर्दै आएका ५३ वर्षीय बुधराम महतोको हत्या अभियोगमा बच्चुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बुधरामको गत जेठ ३ गते धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। घाँटीको पछाडि भागमा काटिएको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको थियो।

जग्गासम्बन्धी पुरानो रिसइवीका कारण बच्चुले बुधरामको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

घटनालगत्तै फरार भएका बच्चुलाई प्रहरीले खोजीसूचीमा राखेको थियो।

खोजतलासका क्रममा उनलाई सोमबार सिरहाको औरही गाउँपालिका–१ दरहैयास्थित नेपाल–भारत सीमा नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ७ साउन २०८१ २०:४९ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast