‘शाम्बाला’ भदौ २८ मा प्रदर्शन

हिमाल प्रेस १३ साउन २०८१ १६:१५ | Sunday, July 28, 2024
‘शाम्बाला’ भदौ २८ मा प्रदर्शन

काठमाडौँ-  मीन बहादुर भामको निर्देशन तथा निर्माण रहेको फिल्म ‘शाम्बाला’ आगामी भदौ २८ मा नेपालमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले उपत्यकामा कार्यक्रम गर्दै भदौ २८ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

‘शाम्बाला’ बर्लिन फिल्म महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको पहिलो नेपाली फिचर फिल्म हो। त्यस्तै स्विट्जरल्यान्डको लोकार्नोफिल्म महोत्सवको ७७ औँ संस्करणमा पियाजा ग्राण्डे विधामा पनि छनोट भएको छ।

फिल्मको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन्। उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई पतिले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेकी महिलाको कथा प्रस्तुत गरिएको छ।

फिल्ममा सोनम तोप्देन, थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा वाङ्ग्याल गरुङ, कर्मा शाक्य, लोटन निमलिङ, जंग बहादुर लामालगायतका कलाकारको अभिनय छ।

सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: १३ साउन २०८१ १६:१५ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast