महोत्तरीस्थित पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा

हिमाल प्रेस १६ साउन २०८१ १९:५० | Wednesday, July 31, 2024
महोत्तरीस्थित पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा बाढीले कटान गरेकाे सडक

महोत्तरी– बाढीले कटान गर्दा अवरुद्ध महोत्तरीस्थित पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको छ। महोत्तरीमा पर्ने बेलगाछी पुल पश्चिमतर्फ हिजो राति बाढीले कटान गरेपछि राजमार्ग अवरुद्ध भएकोमा अहिले साँझ सडक मर्मत गरिएसँगै सञ्चालनमा आएको हो।

सडक भत्किएपछि ३० किलोमिटर लामो वैकल्पिक बाटो हुँदै राजमार्गमा सवारी साधन सञ्चालन गर्नुपरेको थियो। सडक मर्मतपछि एकतर्फि यातायात सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।

मुख्य राजमार्गमा सडक बिग्रे वा भत्केमा तत्काल मर्मतका लागि सडक कार्यालयको समान्वयमा आवश्यक उपकरण र जनशक्ति सम्बद्ध तयारी अवस्थामा राखिएको प्रजिअ गेलालले बताए।

प्रकाशित: १६ साउन २०८१ १९:५० | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast