भारतले डेढ अर्बले बढायो नेपाललाई दिने विकास सहायता

हिमाल प्रेस ८ साउन २०८१ २१:०६ | Tuesday, July 23, 2024
भारतले डेढ अर्बले बढायो नेपाललाई दिने विकास सहायता

काठमाडौँ- भारतले नेपालका लागि विकास सहायतामा डेढ अर्ब भारतीय रूपैयाँ (भारू) बढाएको छ। भारतले आर्थिक वर्ष २०२४/२५ का लागि नेपाललाई दिने विकास सहायता ७ अर्ब भारू अर्थात् ११ अर्ब २० करोड नेपाली रुपैयाँ पुर्‍याएको हो।

मंगलबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसदमा पेस गरेको बजेटमा नेपाल, श्रीलंका र सेशेल्सलाई दिने सहायता बढाएको हो। भारतले माल्दिभ्स र अफगानिस्तानलाई दिने सहायता स्थिर राख्दा भुटान र म्यानमारलाई दिने वार्षिक अनुदान भने कम गरेको छ। अनुदान कटौतिपछि भुटानलाई भारत सरकारले २० अर्ब ६८ करोड भारतीय रुपैयाँ अनुदान दिनेछ।

यो सहायता नेपालको विकास तथा पूर्वाधार परियोजनाहरूमा खर्च गरिनेछ। यस्तै प्रकारको हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) नेपालमा सञ्चालित छ। सरकारले काठमाडौँस्थित भारतीय दूतावासलाई २० करोडसम्मको यस्ता परियाेजना सञ्चालन गर्ने अनुमति दिएको छ।

सन् २००३ देखि झण्डै ५ सय परियोजना सञ्चालित भइसकेका छन्।

प्रकाशित: ८ साउन २०८१ २१:०६ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast