निर्वाचन आयुक्त सुनुवाइ विवाद :

‘काम गर्ने हौसला र इच्छा बाँकी नभएकोले नाम फिर्ता लिएँ’

हिमाल प्रेस १४ साउन २०८१ १५:३७ | Monday, July 29, 2024
‘काम गर्ने हौसला र इच्छा बाँकी नभएकोले नाम फिर्ता लिएँ’ कृष्णमान प्रधान

काठमाडौँ- निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन्।सोमबार संसदीय सुनुवाइ समितिका सभापतिलाई सम्बोधन गर्दै प्रधानले दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको जनाएका छन्।

उनले नेपालको संविधान र संसदीय सुनुवाइ समितिको प्रक्रियाको सम्बन्धमा आफ्नो उच्च विश्वास रहेको पनि बताएका छन्।

‘मेरो सम्बन्धमा संवैधानिक परिषद्को सिफारिसप्रति निष्ठावान् रहँदा रहँदै पनि म केन्द्रित मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेकोले भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारी प्रति निष्ठावान् रहने बचनबद्धता सहित सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिको लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकोले सम्मानित समिति समक्ष जानकारीको लागि अनुरोध गर्दै सो अनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु’, प्रधानले समितिलाई दिएको पत्रमा भनेका छन्।

आज साँझ पाँच बजे संसदीय समितिमा उनको सुनुवाइ हुँदै थियो। त्यसअघि नै उनले आफ्नो नाम फिर्ता लिएका हुन्।

प्रकाशित: १४ साउन २०८१ १५:३७ | Monday, July 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast