दीपाश्रीले सकिन् ‘छक्कापञ्जा ५’ को छायांकन

हिमाल प्रेस ३ साउन २०८१ १२:१९ | Thursday, July 18, 2024
दीपाश्रीले सकिन् ‘छक्कापञ्जा ५’ को छायांकन

काठमाडौँ- फिल्म ‘छक्कापञ्जा ५’ को छायांकन सकिएको छ। निर्माण टिमले काभ्रेको पनौती क्षेत्रमा अन्तिम दृश्य खिचेर बुधबार  छायांकन सकिएका छन्।

फिल्मकाे छायांकन काभ्रे, सिन्धुली र पोखरा आसपासमा ५१ दिनसम्म चलेको थियाे। आगामी दसैँमा प्रदर्शन हुने भनिएको फिल्मकी निर्देशक दीपाश्री निरौला हुन्। उनी छायांकन टुङ्गिएपछि क्ल्याप बोर्ड समात्दै प्रसन्न भावमा देखिएकी छन्।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बूढा’, वर्षा शिवाकोटी मुख्य भूमिकामा देखिनेछन्। अन्य कलाकारलाई भने प्रदर्शनको क्रममा जानकारी दिने निर्माण टिमको अठोट छ।

सामाजिक र कमेडी जनरामा बनेको फिल्म आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो।

प्रकाशित: ३ साउन २०८१ १२:१९ | Thursday, July 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast