डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्न समिति गठन गर्ने सञ्चारमन्त्रीको निर्णय

हिमाल प्रेस ३१ असार २०८१ १७:०२ | Monday, July 15, 2024
डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्न समिति गठन गर्ने सञ्चारमन्त्रीको निर्णय

काठमाडौँ- नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपालको फ्रेमवर्कलाई परिमार्जनका गर्न समिति गठन गर्नेसम्बन्धी निर्णय गरेका छन्।

सोमबार सिंहदरबारमा पदभार ग्रहण गरेका मन्त्री गुरुङले यस्तो निर्णय गरेका हुन्।

उनले सूचना प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि कानुनी व्यवस्था गरिने बताएका छन्। सरकारको नीति तथा कार्यक्रममा रहेका विषयलाई कार्यान्वयनका लागि डिटिलन नेपालको फ्रेमवर्कलाई परिमार्जन गर्नुपर्ने भन्दै उनले समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।

यसक्रममा मन्त्री गुरुङले समग्र अध्ययन गरी आवश्यकता आधारमा मन्त्रालयको कामलाई अघि बढाउने बताए। उनले नयाँ प्रविधिको प्रयोग गरी छिटोछरितो सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशनसमेत दिएका छन्।

प्रकाशित: ३१ असार २०८१ १७:०२ | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast