ट्रकले कारलाई ठक्कर दिँदा पत्रकार बन्जारा घाइते

हिमाल प्रेस ७ साउन २०८१ १५:४२ | Monday, July 22, 2024
ट्रकले कारलाई ठक्कर दिँदा पत्रकार बन्जारा घाइते

काठमाडौँ– सवारी दुर्घटनामा परेर नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका महासचिव श्याम बन्जारा र उनकी पत्नी सुभद्रा बन्जारा घाइते भएका छन्। बाराको जितपुर बजारमा सोमबार दिउँसो भएको दुर्घटनामा दुवैजना घाइते भएका हुन्।

 पत्रकार बन्जारा चढेको प्रदेश ३-०१-०२४ छ १८६५ नम्बरको कारलाई ट्रकले ठक्कर दिएको थियो। सिमराबाट वीरगन्जतर्फ गुडिरहेको कारलाई सोही दिशामा गुडिरहेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीव्र गतिमा जाँदै गरेको ट्रकको टायर पड्किएर अनियन्त्रित भई कारमा ठोक्किन पुगेको हो। ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा परी घाइते भएका दुवैजनालाई उपचारका लागि वीरगन्जस्थित हेल्थ केयर अस्पतालमा भर्ना गरिएको छ। दुवै जनाको टाउको र ढाडमा चोट लागेको तर अवस्था भने खतरामुक्त रहेको अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले बताएका छन्।

प्रकाशित: ७ साउन २०८१ १५:४२ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast