चितवन दुर्घटना : गोताखोरबाट बेपत्ता यात्रुको खोजी सुरु

हिमाल प्रेस २८ असार २०८१ ८:४७ | Friday, July 12, 2024
चितवन दुर्घटना : गोताखोरबाट बेपत्ता यात्रुको खोजी सुरु फाइल तस्बिर।

काठमाडौँ- अविरल वर्षाका कारण चितवनमा पहिरोले बगाएका दुईवटा यात्रुबाहक बसका बेपत्ता यात्रुहरूको गोताखोरबाट खोजी सुरु भएको छ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर टोलीले उद्धार सुरु गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

घटनास्थलमा सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालबाट सातजना गोताखोरसहित २५ जना परिचालन भएको थापाले जानकारी दिए।

आज बिहान ३ बजे भरतपुर महानगरपालिका–२९ सिमलताल अविरल वर्षाका कारण ठूलो पहिरोले वीरगंजबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको यात्रुबस बगाई नारायणी नदीमा बेपत्ता भएको छ।

प्रकाशित: २८ असार २०८१ ८:४७ | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast