कश्मीरमा बन्धक बनाइएका २८ मजदुरको उद्धार

हिमाल प्रेस ११ साउन २०८१ १९:४९ | Friday, July 26, 2024
कश्मीरमा बन्धक बनाइएका २८ मजदुरको उद्धार

जनकपुर- भारतको कश्मीरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार गरिएको छ। उनीहरू रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्धार गरी ल्याइएको जानकारी दिए। उनका अनुसार ती मजदुरहरू कश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक थिए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा भारत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको सहयोग तथा किन इण्डिया संस्थाको समन्वयमा उनीहरूलाई उद्धार गरी नेपाल ल्याइएको हो।

बिहीबार साँझ नेपाल ल्याइएका उनीहरूलाई दुवै जिल्लाका मानव बेचविखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको थियो। आज (शुक्रबार) जनकपुरधाममा परिवार मिलन कार्यक्रम गरी परिवारको जिम्मा लगाइएको हो।

उनीहरू मजदुरीका लागि बिचौलियामार्फत भारत पुगेको र पाँच महिनादेखि सम्पर्कमा नभएको जनाइएको छ। रासस

प्रकाशित: ११ साउन २०८१ १९:४९ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast