एसीसी महिला टी–२० : श्रीलंकासामु १४१ रनको लक्ष्य

हिमाल प्रेस ११ साउन २०८१ २०:४६ | Friday, July 26, 2024
एसीसी महिला टी–२० : श्रीलंकासामु १४१ रनको लक्ष्य

काठमाडौँ –  एसीसी महिला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानले श्रीलंकासामु १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

श्रीलंकाको दाम्बुलामा जारी दोस्रो सेमिफाइनलमा पाकिस्तानले यो लक्ष्य प्रस्तुत गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा १४० रन बनाएको छ।

ओपनर गुल फिरोजा र मुनीबा अलीले राम्रो सुरूवात गरे पनि अन्य ब्याटरहरूले रनको गतिलाई अगाडि बढाउन सकेनन्।

फिरोजाले २४ बलमा ३ चौकासहित २५ रन र अलीले ३४ बलमा ५ चौकासहित ३७ रन बनाइन्।

त्यस्तै कप्तान निदा दारले २३, सिद्रा अमीनले १०, फातिमा सनाले २३ रनको योगदान दिइन्।

श्रीलंकाका लागि उदेशिका प्रबोधानी र कविसा दिलहारीले समान २–२ विकेट लिइन्।

यसअघि आजै दिउँसो भएको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ।

प्रकाशित: ११ साउन २०८१ २०:४६ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast