एसीसी महिला टी–२० कप : श्रीलंकासँग मलेसिया १४४ रनले पराजित

हिमाल प्रेस ७ साउन २०८१ १७:१३ | Monday, July 22, 2024
एसीसी महिला टी–२० कप : श्रीलंकासँग मलेसिया १४४ रनले पराजित

काठमाडौं- श्रीलंका एसीसी महिला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

लगातार दुई खेलमा जित हासिल गर्दै श्रीलंका एसीसी टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

श्रीलंकाले सोमबार डाम्बुलाको घरेलु मैदानमा मलेसियालाई १४४ रनले पराजित गर्‍यो।

१८६ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा सबै विकेट गुमाएर ४० रनमात्र जोड्नसक्यो।

मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन्। हन्टरबाहेक मलेसियाका अन्य कुनै ब्याटर दोहरो अङ्कमा रन जोड्न सकिनन्।

श्रीलंकाका लागि शशिनी गिमहानीले ३, काव्या काविन्दी र कविसा दिलहारीले २–२ तथा इनोसी प्रियादर्शनी, सचिनी निसानशाला र अमा कन्चनाले १–१ विकेट लिइन्।

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रनको विशाल योगफल खडा गरेको थियो।

श्रीलंकाका लागि शानदार ब्याटिङ गर्दै कप्तान चामरी अट्टापट्टुले शतकीय इनिङ खेलेकी थिइन्। ६९ बलको सामना गरेकी उनले १४ चौका र ७ छक्का प्रहार गर्दै अविजित ११९ रन बनाइन्।

 

प्रकाशित: ७ साउन २०८१ १७:१३ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast