एसईई : पोखराको मदरल्याण्डका १० विद्यार्थीले ल्याए ४ जीपीए

हिमाल प्रेस १३ असार २०८१ १४:४७
126
SHARES
एसईई : पोखराको मदरल्याण्डका १० विद्यार्थीले ल्याए ४ जीपीए आज नतिजा पाएका मदरल्यान्ड बोर्डिङका विद्यार्थी।

पोखरा-  पोखराको मदरल्याण्ड माविका १० जना विद्यार्थीले एसईई परीक्षा  नतिजामा ४ जीपीए ल्याएका छन्।  १४६ जना परीक्षार्थीले परीक्षा दिएकोमा ३.६० देखि ४ जीपीएसम्म ल्याउने १२८ जना र ३.२० देखि ३.६० सम्म ल्याउने १८ जनासहित सबै उत्तीर्ण भएको विद्यालय प्राचार्य नारायण बरालले बताए।

४ जीपीए ल्याउने कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभ्यास वाग्ले, युनिका ढकाल र समीक्षा पहारी हुन्। बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट मात्र १८६ जनाले ४ जीपीए ल्याएका हुन्। मदरल्याण्डको यो नतिजा यस क्षेत्रकै उत्कृष्ट हो।

गत वर्ष एसईईमा २ जना विद्यार्थी सुदेश आचार्य र जोन रानाले पनि मदरल्याण्डबाट ४ जीपीए ल्याएका थिए। २०७५ सालको एसइईमा यहाँबाट ७ जनासम्म विद्यार्थीको ४ जीपीए आएको थियो। मदरल्याण्डले हरेक वर्षजसो उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयले जनाएको छ। गत वर्ष कक्षा १२ को बोर्ड परीक्षामा समेत यहाँका ३ जना विद्यार्थीले सर्वोत्कृष्ट ३.९६ जीपीए ल्याएर नेपाल टप गरेका थिए।

व्यवस्थापन संकायका राजेश पौडेल, विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापालाई विद्यालयले जनही २ लाखसहित पुरस्कृतसमेत गरेको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए।

यस्तै, गण्डकी बोर्डिङ स्कुल, पोखराका २ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्। १२१ जना परीक्षार्थी रहेकोमा ४ जीपीए ल्याउने आयुष पराजुली र ओजश्वी शर्मा हुन्।

गण्डकी बोर्डिङबाट ३.६० देखि ४ जीपीएसम्म ल्याउने ९० जना रहेको विद्यालय शिक्षक राजकुमार ढकालले बताए। यस्तै, ३.२० देखि ३.६० सम्म २४ जना र २.८ देखि ३.२० ल्याउने २ जना छन्। १२१ जनामध्ये १ जना सुरुमै अनुपस्थित भएकोमा अन्य २ जनाको पनि नजितामा अनुपस्थित देखाएको ढकालले बताए।

प्रकाशित: १३ असार २०८१ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 14 =