कुवेतमा आगोलागी : घाइते नेपालीको अवस्थाबारे श्रममन्त्रीले लिए जानकारी

हिमाल प्रेस २ असार २०८१ १६:५३ | Sunday, June 16, 2024
कुवेतमा आगोलागी : घाइते नेपालीको अवस्थाबारे श्रममन्त्रीले लिए जानकारी

काठमाडौँ- श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा आगलागी हुँदा घाईते भएका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका छन्। कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको विषयमा जानकारी लिएका हुन्।

बुधबार बिहान कुवेतमा आप्रवसाी श्रमिकहरू बस्ने क्याम्पमा आगलागी भएको थियो। आगलागी भएको क्याम्पमा पाच जना नेपाली श्रमिक भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। जसमध्ये दुईजना सुरक्षित भएको कम्पनीले जानकारी दिएको दूतावासले जनाएको छ। बाकी तीन जना सामान्य घाइते भएकाे छन्।

आगलागीबाट सामान्य घाइते भएका शिवशंकर पासवान र दोर्जे लामाको अदान अस्पतालमा उपचार भै रहेको छ। उपचारत पासवान र लामाको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालमा नै पुगेर दूतावासले जानकारी लिएको छ। दिनेश कुमार मन्‍डलको भने फरवानिया अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भई सकेकाे दूतावसाले जनाएकाे छ। त्यस्तै, जाकिर नाडाफ र सन्तोष कुमार गोइत भने सुरक्षित रहेको कम्पनिले जानकारी दिएकाे दूतावासकाे भनाइ छ।

प्रकाशित: २ असार २०८१ १६:५३ | Sunday, June 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast