आँबुखैरेनी-मुग्लिन सडकखण्ड आइतबार तीन घण्टा बन्द हुने

हिमाल प्रेस २६ जेठ २०८१ २१:४७
54
SHARES
आँबुखैरेनी-मुग्लिन सडकखण्ड आइतबार तीन घण्टा बन्द हुने प्रतिनिधिमूलक तस्बिर।

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्ड तीन घण्टा बन्द हुने भएको छ।

आँबुखैरेनी गाउँपालिका-४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ।

उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुंगा झार्नुपर्ने भएकाले उक्त कार्य गर्दाको समयमा सवारी साधन पूर्ण अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए।

२०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो। हाल भासिएको सडक मर्मतका लागि काम भइरहेको छ। निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ।

मर्स्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

प्रकाशित: २६ जेठ २०८१ २१:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =